डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तेस्रो अन्तर्राष्टिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आयोजना गर्ने महोत्सव आगामी चैत २३ देखि २५ सम्म राजधानीको याक एण्ड यती होटेलमा चल्नेछ । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । महोत्सवमा विभिन्न १३ मुलुकका २५ प्रतिनिधि सहभागि हुनेछन् । महोत्सवको एक मात्र उद्देश्य विश्वस्तरको चिया ब्राण्डका रुपमा नेपाली चियालाई स्थपित गर्नु रहेको छ । वितृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।