You are Currently Viewing Nepali Version. Click Here for English Version

 



हाम्रो वेभसाइटमा स्वागत छ

कृषि विकास मन्त्रायलको संरक्षणमा रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत स्थापित बस्तुगत बोर्ड हो। चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि ठोस नीति निर्माण गरी देशमा भएको चिया तथा कफी उद्योगको योजनाबद्ध रूपमा विकास गर्नु बोर्डको प्रमुख उद्देश्य हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आफ्नो स्थापनाकालदेखि नै नेपालको चिया र कफी क्षेत्रको विकास एवम् समृद्धिको लागि काम गरिरहेको छ।दुवै क्षेत्रले छोटो अवधीमै निकै ठूलो फड्को मारिसकेको अवस्था छ । यो दुई दसक भन्दा पनि कम अवधिमा हामी चिया आयात गर्ने मुलुकबाट आत्मनिर्भर भई चिया निर्यात गर्ने अवस्थामा पुगेका छौँ ।त्यस्तै, नेपाली कफीको उत्पादन र व्यापार पनि फस्टाउँदो नै छ ।हाम्रा उत्पादनहरू युरोपका बजारहरूमा विशिष्ट (specialty) चिया र कफीको रूपमा विक्री हुन थालिसकेका छन् ।हाम्रो चिया र कफी उद्योग प्रत्यक वर्ष ठूलो हुँदै गएको छ ।

नेपाली चिया र कफी उद्योगको साझा केन्द्र स्थापना गर्ने उद्देश्यका साथ हामीले हाम्रो वेभसाइट पुनर्निमाण गरेका छौँ ।देशको चिया र कफीसँग सम्वन्धित इतिहास, तथ्याङ्क, ऐन, कानुन, नीति, समाचार, आदी विषयहरूले यस वेभसाइटमा स्थान पाउनेछन् ।त्यस्तै, उत्पादक, प्रशोधक, प्याकेजर, आयात र निर्यातकर्ताहरूको अभिलेख पनि यसमा सङ्ग्रहित हुनेछन् । आशा छ, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको यो आधिकारीक वेभसाइट नेपाली चिया र कफी उद्योगको इन्साइक्लोपेडिया बन्नेछ ।

शेषकान्त गाैतम
कार्यकारी निर्देशक