२४ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
२४ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
नेपाल लगायत विश्वका अधिकांश मुलुकहरू अहिले कोरोना महामारीसँग लडिरहेको अवस्था छ। यसको जोखिमबाट बच्न हामीहरु पनि विगत एक महिनादेखि लकडाउनको अवस्थाबाट गुज्रिरहेको अवगत नै छ । जसका कारणले अत्यावश्यक बाहेकका सेवाहरू अहिले बन्द रहेकाछन् । अन्य क्षेत्रमा जस्तै नेपालको चिया क्षेत्रमा पनि कोरोना महामारीको असर देखिएको छ ।
नेपालमा चियाको उत्पादन चैत/बैशाख देखि सुरू भर्इ असोज/कार्तिकसम्म चल्ने गरेकोमा चैत ११ गतेबाट नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिजनको पहिलो टिपाइ (First Flush) को उत्पादनमा समस्या उत्पन्न भएको थियो । बोर्डको समन्वय एवं चिया सरोकारवाला र स्थानिय सरकारको पहल स्वरूप हाल देशका सम्पुर्ण चिया बगान र प्रशोधन उद्योगहरू सञ्चालनमा आएकाछन्। साथै, कोरोनाको संक्रमणलार्इ रोक्न स्वास्थ सम्बन्धी आवश्यक मापदण्डहरू कायम गरी चियाको टिपाइ, संकलन तथा प्रशोधन कार्य हुँदै आएको छ ।
कोरोना महामारिको विषम परिस्थितीसँग लड्न उचित मापदण्ड अपनाउन अनुरोध गर्दै चिया उत्पादन गर्न सक्षम बनौँ भन्ने कामनाका साथ चिया उत्पादक किसान, सहकारी, उद्योगी, प्याकेजर, व्यवसायी तथा उपभोक्ताहरूलार्इ २४ औँ राष्ट्रिय चिया दिवसको शुभकामना व्यक्त गर्दछु ।
२०७७ बैशाख १५
..................................
डा. विष्णु प्रसाद भट्टराई
कार्यकारी निर्देशक
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- नेपालि चिया निर्यात गर्ने सम्बन्धमा
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रेषित सन्देश
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा कार्यकारी निर्देशकज्यूबाट प्रेषित सन्देश
- आ.व. २०७७।०७८ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- आ.व. २०७६।७७को लागि कच्चा कफीको न्युनतम् मूल्य निर्धारण बारे सूचना