NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
नेपाल सरकार
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
NEPAL TEA QUALITY FROM THE HIMALAYAS
ट्रेडमार्क प्रयोगबारे सूचना
प्रथम पटक प्रकाशित मिति २०८०।०५।१०
नेपालको मध्य तथा उच्च पहाडी भूभागमा उत्पादन हुने अर्थोडक्स, ग्रीन टि तथा स्पेसियाल्टी चियामा मात्र प्रयोग गर्न सकिने गरी NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क उद्योग विभागमा विधिवत दर्ता भई “नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४” लागु भई सकेकोले निर्देशिकाको परिच्छेद -३ बमोजिमका आचार संहिता र शर्तहरु पालना गरी उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ तथा वितरण गर्ने चिया व्यवसायीहरुले निर्देशिकाको दफा ५ को उपदफा (१) बमोजिम रु १०००।– (अक्षेरेपी एक हजार रुपैयाँ मात्र)को आवेदन शुल्क तिरेर अनुसूची–१ अनुसारको ढाँचामा मार्क प्रयोगको अनुमतीका लागि निवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ । निर्देशिकाको आचार संहिता र शर्तहरु पालन गरी bulk वा retail प्याकेटमा चिया विक्री गर्ने कार्यमा संलग्न भएर उक्त ट्रेडमार्क प्रयोग गर्न इच्छुक तयारी चिया उद्योग वा प्याकेजरहरुले तपशिल बमोजिका कागजपत्रहरु संलग्न गरी ३५ दिन भित्र बोर्डको केन्द्रीय कार्यालय वा पायक पर्ने बोर्डको जिल्ला स्थित कार्यालयहरुमा निवेदन पेश गर्नु हुन जानकारी गराइन्छ ।
पेश गर्नु पर्ने कागजातहरु
१. अनुसूची–१ बमोजिमको निवेदन
२. संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. निवेदक प्रशोधनकर्ता भएमा हरियोपत्ती उत्पादक वा संकलन केन्द्रले दफा १ उपदफा (२) बमोजिमको आचार संहिता पालना गरेको प्रतिबद्धता पत्र
४. निवेदक चिया प्याकेजर भएमा चिया खरिद गरिएको प्रशोधनकर्ताको मार्क प्रयोग इजाजतपत्रको प्रतिलिपी
५. चियाको गुणस्तर नियन्त्रण सम्बन्धी प्रमाणपत्र भएमा त्यसको प्रतिलिपी
६. Tea Processing or Packaging Handling Plan
७. दस्तुर बुझाएको सक्कल भौचर
निर्देशिका, अनुसूची, Handling Plan को नमुना र विस्तृत जानकारीका लागि बोर्डको आधिकारिक वेभसाइटमा हेर्न सकिनेछ । http://teacoffee.gov.np/public/images/pdf-11545808737.pdf
साथै, उक्त ट्रेडमार्क वा सो सँग मिल्दो जुल्दो अन्य मार्कहरु बोर्डको स्वीकृति नलिई प्रयोगमा रहेको बुझिन आएकोले उक्त कार्यलाई तत्काल रोकी नियमानुसार प्रक्रियामा आउन अनुरोध छ । अन्यथा, निर्देशिकाको दफा १६(घ) बमोजिम अनाधिकृत रुपमा मार्क प्रयोग भएको चिया जफत गरिने वा “पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२” को दफा १९ बमोजिम कार्वाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना
अघिल्लो आ.व. हरुमा ट्रेडमार्क प्रयोग इजाजत प्राप्त गरेका चिया उद्योग एवं प्याकेजरहरुले निर्देशिकाको दफा ६ उपदफा (१) बमोजिम गत आ.व. मा मार्क प्रयोग गरी विक्री गरेको चियाको विवरण खुलाई दफा १७ बमोजमि प्रति के.जी ५० पैसाको दरले हुन आउने रकम जम्मा गरी दफा ६ उपदफा (२) बमोजिम आवश्यक कागजातहरु सहित नविकरणका लागि बोर्डको केन्द्रीय कार्यालय वा पायक पर्ने मातहतका कार्यालयमा निवेदन पेश गर्नुहुन समेत सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
- NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क प्रयोगबारे सूचना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- २७ औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड अध्यक्ष तथा कृषि मन्त्रीज्यूको शुभकामना
- नेपालि चिया निर्यात गर्ने सम्बन्धमा
- २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्ड कार्यकारी निर्देशकज्यूको शुभकामना
- आ.व.२०८०/८१ मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १९ औं राष्ट्रिय कफी दिवसको अवसरमा कार्यकारी निर्देशकज्यूबाट प्रेषित सन्देश।
- १९ औं राष्ट्रिय कफी दिवसको अवसरमा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यू बाट प्रेषित सन्देश
- आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य
- १८ औं राष्ट्रिय कफी दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रेषित सन्देश