कोरोनाको असर चिया उत्पादनमा पनि

नेपाली चिया
चिया इतिहास
चिया सङ्घ / संस्थाहरू
चिया तथ्याङ्क
चिया सप्लायर्स
चिया MIS
Tea Potiential Area
Tea statistics
Nepali Coffee
नेपाली कफी
कफी इतिहास
कफी सङ्घ / संस्थाहरू
कफी तथ्याङ्क
कफी सप्लायर्स
कफी MIS
Coffee Potential Area
Coffee Stastistics
Production Trade Summary

सूचना

राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धमा

६ चैत २०८०, मङ्गलवार

नेपाली सिटिसी चियाको ट्रेडमार्क डिजाइन बारे

१७ पुष २०८०, मङ्गलवार

निशुल्क क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धि सूचना

२६ मंसिर २०८०, मङ्गलवार

सूचना

३० असोज २०८०, मङ्गलवार

जानकारी सम्बन्धमा

७ असोज २०८०, आइतवार

बैकंको मुद्दती खातामा संस्थागत दररेट र अन्य सुविधाहरूको बारेमा लिखित प्रस्ताव तथा जानकारी उपलब्ध गराउने बारे।

२२ भदौ २०८०, शुक्रवार

समाचार

नेपाली कफी - Standart कफी सम्बन्धी पत्रिका

१८ पुष २०८०, बुधवार

कोरोनाको असर चिया उत्पादनमा पनि

१५ वैशाख २०७८, बुधवार

Tea growers set to reap virus bonanza as prices soar amid lower production

१५ साउन २०७७, बिहिवार

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१५ साउन २०७७, बिहिवार

लकडाउन खुलेपछि न्युजिल्याण्डमा कफी र फास्टफुडप्रेमी रमाए

१ साउन २०७७, बिहिवार

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१ साउन २०७७, बिहिवार

प्रकाशनहरु

अध्ययन प्रतिवेदन

चिया कफी स्मारिका

प्रचार सामाग्री

प्राविधिक पुस्तिका

कोरोनाको असर चिया उत्पादनमा पनि

मिति: १५ वैशाख २०७८, बुधवार हिट: 134

काठमाडौँ– नेपालले धेरै उपभोग्य वस्तुहरु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर बनेको छ ।

पछिल्लो समय चिया उत्पादनको क्षेत्र विस्तार हुँदै गएको छ भने ४० हजारभन्दा बढी किसान चियाबाटै जीविकोपार्जन गरिरहेका छन् । जसमा ६० हजार श्रमिकहरु आवद्ध रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

जसको फलस्वरुप नेपालले चियामा आत्मनिर्भर मात्र नभई हरेक वर्ष ३ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतसहित विभिन्न तेस्रो मुलुक पठाइरहेको छ ।

नेपाली चियाको खपत वार्षिक २ सय ग्राम प्रति व्यक्तिभन्दा कम रहेको अनुमान गरिन्छ । यद्यपी छिमेकी मुलुक भारतमै वार्षिक ३ सय ३० ग्राम प्रतिव्यक्ति खपत रहेको वोर्डले जनाएको छ ।

त्यसो त भारतको तुलनामा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गरिएको छ ।

नेपालमा १९९० सालबाट चिया खेतीको शुरू भएको थियो ।

त्यस्तै चिया खेतीको विस्तारका लागि किसान, उद्योगी र व्यवसायीलाई प्रोत्साहन गराउने उद्देश्यले हरेक वर्ष वैशाख १५ गतेका दिन चिया दिवस मनाइदै आएको पाइन्छ ।

यसवर्षको नारा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ रहेको छ ।

वार्षिक ३ अर्बको चिया निर्यात

विगत १० वर्ष अघिसँग तुलना गर्दा चिया उत्पादन बढेको वोर्डको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ मा १ अर्ब ५४ करोड रुपैयाँको चिया विश्व बजारमा पुगेको थियो ।

उत्पादनसँगै खपत बढ्दै जाँदा आर्थिक वर्ष ०६९/०७० मा निर्यात बढेर २ अर्ब ४३ करोड पुग्यो । निर्यात बढ्ने क्रमजारी रह्यो । आर्थिक वर्ष २०७४/०७५ मा आइपुग्दा ३ अर्ब २५ करोड रुपैयाँको चिया निर्यात भयो ।

त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ३ अर्ब २० करोड, २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको ११ हजार १ सय ८५ मेट्रिक टन चिया निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको चैत्र महिनासम्म ३ अर्ब ६ करोड रुपैयाँ बराबरको ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ककले देखाउँछ ।

वार्षिक १० करोडको आयात

नेपालले आफूलाई पुग्ने चिया उत्पादन गर्छ । ५ जिल्लाबाट शुरू भएको चिया अहिले विस्तार हुँदै १८ जिल्लामा पुगिसकेको छ ।

अर्बौ रुपैयाँको चिया विश्व बजारमा निर्यात भइरहँदा आयात पनि बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ मा ४० लाख रुपैयाँको चिया आयात भएको थियो । आयातको तथ्याङ्क बढेर आर्थिक वर्ष २०७४/०७५ मा १२ करोड रुपैयाँको चिया आयात भयो ।

आर्थिक वर्ष ०७५/०७६ मा ११ करोड, ०७६/०७७ मा ७ करोड र चालु आर्थिक वर्षको चैत्र महिनासम्म १२ करोड रुपैयाँ बराबरको चिया आयात भएको छ ।

आत्मनिर्भर हुँदाहुँदै पनि किन आयात भइरहेको छ चिया ? भन्ने प्रश्नमा बोर्डका सूचना अधिकारी दीपक खनाल भन्छन्, ‘हाम्रा चियाका पारखीले उच्च प्रविधिबाट प्रशोधित चिया खोज्छन् जुन प्रविधि हामीले भित्र्याउन सकेका छैनौँ । त्यही भएर विदेशबाट चिया आयात पनि भइरहेको छ ।’

खनालका अनुसार चिया बनाउने कलामा प्रविधिको प्रयोग हुन्छ । त्यो उच्च प्रविधि चीन, जापानलगायतका मुलुकमा प्रशस्त छन् भने नेपालले त्यो प्रविधि किन्न सकेको छैन । जसकारण वार्षिक १० देखि १२ करोड रुपैयाँको चिया आयात हुन्छ ।

कोभिडको असर चिया उत्पादनमा

बोर्डका सूूचना अधिकारी खनालकाअनुसार कोरोना भाइरसका संक्रमणको असर चियाको उत्पादनमा पनि देखिएको छ ।

समयमै चियाका पात टिप्न नसक्दा समग्र उत्पादनको २० प्रतिशत ह्रास आएको हो ।

‘लकडाउनको सुरुवाती चरणमा पहिलो पटक चियापत्ती टिप्ने समय भएको थियो’ उनले भने, ‘टिप्ने नटिप्ने कुरामा अन्योल हुँदा करिब १ महिना चिया टिप्न ढिलाई भयो । उत्पादन भएका मुना खेर गए ।’

स्वास्थ्यका मापदण्ड अपनाएर पात टिप्ने, कारखानाको काम, मजदुर र श्रमिकहरु पनि निरन्तर काममा लागेपछि थप काम सहजै भइरहेको उनले बताए ।

प्रकाशित मितिः २०७८ बैशाख १५

प्रकाशकः खबरहब

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?