NEPAL TEA trademark
NEPAL TEA trademark
प्रथम पटक प्रकाशित मिति २०७६।६।२९
पुनः प्रकाशित मिति २०७६।८।४
नेपालको मध्य तथा उच्च पहाडी भूभागमा उत्पादन हुने अर्थोडक्स, ग्रीन टि तथा स्पेसियाल्टी चियामा मात्र प्रयोग गर्न सकिने गरी NEPAL TEA QUALITY FROM THE HIMALAYAS ट्रेडमार्क उद्योग विभागमा विधिवत दर्ता भई “नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४” लागु भई सकेकोले निर्देशिकाको परिच्छेद – ३ बमोजिमका आचार संहिता र शर्तहरु पालना गरी उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ तथा वितरण गर्ने चिया व्यवसायीहरुले निर्देशिकाको दफा ५ को उपदफा (१) बमोजिम रु १०००।– (अक्षेरेपी एक हजार रुपैयाँ मात्र)को आवेदन शुल्क तिरेर अनुसूची–१ अनुसारको ढाँचामा मार्क प्रयोगको अनुमतीका लागि निवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ । निर्देशिकाको आचार संहिता र शर्तहरु पालन गरी bulk वा retail प्याकेटमा चिया विक्री गर्ने कार्यमा संलग्न भएर उक्त ट्रेडमार्क प्रयोग गर्न इच्छुक तयारी चिया उत्पादन गर्ने उद्योगहरुले तपशिल बमोजिका कागजपत्रहरु संलग्न गरी १५ दिन भित्र बोर्डको केन्द्रीय कार्यालय वा पायक पर्ने बोर्डको जिल्ला स्तरिय कार्यालयहरुमा निवेदन पेश गर्नु हुन जानकारी गराइन्छ ।
पेश गर्नु पर्ने कागजातहरु
१. अनुसूची–२ बमोजिमको निवेदन
२. संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. निवेदक प्रशोधनकर्ता भएमा हरियोपत्ती उत्पादक वा संकलन केन्द्रले दफा १ उपदफा (२) बमोजिमको आचार संहिता पालना गरेको प्रतिबद्धता पत्र
४. निवेदक चिया प्याकेजर भएमा चिया खरिद गरिएको प्रशोधनकर्ताको मार्क प्रयोग इजाजतपत्रको प्रतिलिपी
५. चियाको गुणस्तर नियन्त्रण सम्बन्धी प्रमाणपत्र भएमा त्यसको प्रतिलिपी
६. Tea Processing Handling Plan
७. दस्तुर बुझाएको सक्कल भौचर
निर्देशिका, अनुसूची, Handling Plan को नमुना डाउनलोड गर्न निम्न लिंकमा क्लिक गर्नुहोस् ।
साथै, उक्त ट्रेडमार्क वा सोसँग मिल्दोजुल्दो अन्य मार्कहरु बोर्डको स्वीकृति नलिई प्रयोगमा रहेको बुझिन आएकोले उक्त कार्यलाई तत्काल रोकी नियमानुसार प्रक्रियामा आउन अनुरोध छ । अन्यथा, निर्देशिकाको दफा १६(घ) बमोजिम अनाधिकृतरुपमा मार्क प्रयोग भएको चिया जफत गरिने वा “पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२” को दफा १९ बमोजिम कार्वाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
- Tea growers set to reap virus bonanza as prices soar amid lower production
- COVID-19 could have lasting impact on how we enjoy local coffee shops
- Tea farmers miss first flush production due to extended lockdown
- The biology of coffee, one of the world’s most popular drinks
- Older adults who drink tea are less likely to be depressed
- Nepal's Increased Sustainable Tea Exports Project Vacancy Announcement
- Selection for Coffee Extension in consolidated land and Nursery establishment
- RTI Proactive Disclosure
- Call for Tea / Coffee Nursery Classification and Certification
- Deadline Extension (15 Days): NEPAL TEA QUALITY FROM THE HIMALAYAS trademark application