logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe_udtfccv.jpg

क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धी सूचना दोश्रो पटक सूचना प्रकाशित मिति: २०८२/१०/०९ गते

क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धी सूचना दोश्रो पटक सूचना प्रकाशित मिति: २०८२/१०/०९ गते

क्याफे वारिष्ता तालिममा सहभागी हुन इच्छुकहरुको लागि आवेदन दिने सम्बन्धी सूचना

दोश्रो पटक सूचना प्रकाशित मिति: २०८२/१०/०९ गते

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार युवाहरुको सिप विकास तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले तपशिल बमोजिमको तालिम कार्यक्रम संचालन गरिने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले निवेदन पेश गर्न भनि मिति २०८२/०९/२४ गते १५ दिने सूचना प्रकाशित गरी आवेदन माग गरीएकोमा थप सात दिनका लागि म्याद थप गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

तपशिल

तालिमको नाम र तालिम संचालन हुने स्थान:

  1. तालिमको नाम: Youth Focused Coffee Roastery and Barista Training with Supporting Business Plan Development
  2. तालिम सञ्चालन हुने स्थान - नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM), रविभवन, काठमाण्डौ

न्यूनतम आवश्यक योग्यता

  • उमेर: १८ देखि ३५ वर्षसम्म
  • शिक्षा: न्युनतम एस.एल.सि वा एस.इ.इ वा सो सरह उत्तीर्ण

प्राथमिकताका आधारहरू

  • वैदेशिक रोजगारबाट फर्किएका आवेदकहरू
  • कफी उद्योग व्यवसायमा संलग्न रही कार्य गर्दै आएका आवेदकहरू
  • पर्यटकीय क्षेत्र (स्वदेशी तथा विदेशी लक्षित) मा व्यवसाय संचालन गरिरहेका आवेदकहरू
  • महिला, अपाङ्ग, जनजाति, मधेशी तथा दलित समुदाय र पिछडिएको वर्गको प्रतिनिधित्व गर्ने आवेदकहरू।

तालिममा सहभागीलार्इ कुनै पनि किसिमको यातायात खर्च वा दैनिक भ्रमण भत्ता उपलब्ध नहुने भएकाले निशुल्क तालिम लिन इच्छुक सहभागीहरूले तोकिएको ढाँचामा निवेदन तयार गरी बोर्डको कार्यालय काठमाडौं वा ईमेल: planning.ntcdb@gmail.com मार्फत बुझाउन सकिन्छ । निवेदन साथ संलग्न गर्नुपर्ने कागजात र सो सम्बन्धी अन्य विवरण बोर्डको वेवसाइट www.teacoffee.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ