मौजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना ( दोश्रो पटक सूचना प्रकाशित मितिः २०८२/१०/०८)
मौजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना ( दोश्रो पटक सूचना प्रकाशित मितिः २०८२/१०/०८)
मौजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना
( दोश्रो पटक सूचना प्रकाशित मितिः २०८२/१०/०८)
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०८२/८३ मा बार्षिक स्विकृत निम्न कार्यक्रमहरु संचालनका लागि सहजीकरण/ तालिम संचालन गर्न इच्छुक व्यक्ति वा परामर्शदाता फर्म, संस्था वा कम्पनीहरुले मौजुदा सूची (Standing List) मा दर्ता भई सेवा आपूर्ति गर्न भनि मिति २०८२/०९/१६ गते १५ दिने सूचना प्रकाशित गरी सूची दर्ताका लागि आह्वान गरीएकोमा थप सात दिन म्याद थप गरी मौजुदा सूची दर्ता गराउनका लागि पुन:यो सूचना प्रकाशन गरिएको छ ।
संचालन गर्न पर्ने कार्यक्रमहरु:
- बोर्डका प्राविधिक कर्मचारीहरुको लागि GIS and Remote Sensing तालिम
- बोर्डको वेबसाइट नवीकरण तथा अपडेट
- Food Safety Management Training for Tea Processors (ISO/HACCP/GMP/TACCP/ LEAN MANAGEMENT)
- Action Research on Quality Tea Leaves Plucking for Premium prices and Specialty market in coordination with tea exports (a comparative research within private/cooperative and NTCDB tea farm)
आवश्यक कागजातहरु:
संस्थाको हकमा:
- संस्था वा फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- स्थाई लेखा नम्बर वा मूल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्र प्रतिलिपि
- आ.व. २०८१/८२को करचुक्ता तथा व्यवसाय नवीकरण प्रमाणपत्रको प्रतिलिपि
व्यक्तिको हकमा:
- नागरिकताको प्रतिलिपि
- स्थाई लेखा नम्बरको प्रतिलिपि
- सम्वन्धित तालिम संचालनको लागि प्रशिक्षकको व्यक्तिगत विवरण (CV)