logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe_udtfccv.jpg

कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत कफीको बारिष्टा तालिमका लागि सहभागी छनौट गरिएको बारे सूचना

प्रकाशित मिति २०८२/११/२९

चालु आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम कफीमा युवा उद्यमशीलता विकास कार्यक्रम (Youth focused coffee roastery and barista training with supporting business plan development)” का लागि प्राप्त १४०५ वटा निवेदनहरू मध्ये ५० जना सहभागीहरू छनौट गर्न मिति २०८२/११/२६ गतेको निर्णयानुसार स्वीकृत छनौटका आधारहरू बमोजिम प्राप्त निवेदनहरूको मूल्याङ्कन गर्दा कुल २५ पुर्णाङ्कमा सबैभन्दा धेरै अङ्क प्राप्त गरेका तपसिल बमोजिमका ५० जना सहभागीहरू यस कार्यालयको मिति २०८२/११/२८ गतेको निर्णयानुसार छनौट गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। छनौट भएका सहभागीहरूले २०८२ चैत्र महिनाको तेस्रो हप्ताबाट सुरु हुने उपरोक्त तालिममा सहभागी हुन मञ्जुर भई संलग्न ढाँचा अनुसार commitment letter तयार गरी मिति २०८२/१२/६ गते यस कार्यालयमा वा इमेल मार्फत planning.ntcdb@gmail.com मा पेश गर्नुहुन जानकारी गराइन्छ।