logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe.jpg
logo/NTCDB New logo  Nepali_re0xtuh_ncg5txe.jpg

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

नेपाली चिया वारे

नेपाली चिया

नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।

चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिव करिव विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकारहरू बताउँछन् ।कतिपय चिया पारखीहरू त नेपालको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ठ रहेको विश्वास गर्छन् ।

त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ ।त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो ।

नेपाली अर्थोडक्स चियाको मौसमी गुणहरू यस प्रकार छन् :

बसन्त बहार

गृष्म बहार

वर्षा बहार

शरद बहार